सेज ( SEZ) [ विशेष आर्थिक क्षेत्र ]
SEZ (विशेष आर्थिक क्षेत्र) भनेको के हो ?
> SEZ को पूरा रुप Special Economic Zone हो । जसको नेपाली रुप ‘विशेष आर्थिक क्षेत्र’ हो ।
> निर्यातजन्य उद्योगको स्थापना गरी मुलुकको अर्थतन्त्रलाई सबलर आत्मनिर्भर बनाउनका लागि राज्यले विशेष महत्वका साथ तोकेको निश्चित क्षेत्रलाई विशेष आर्थिक क्षेत्र भनिन्छ ।
> विशेष आर्थिक क्षेत्र को प्रमुख उदेश्य भनेको देश को निर्यात व्यापार लाई वृद्धि गरि ब्यापार घाटा कम गर्नु , अन्तरास्ट्रिय ब्यापार सन्तुलित गर्न , निर्यातजन्य उधोगलाइ प्रोत्साहन गर्नु , रोजगारि को अवसर सृजना गर्नु र राष्ट्रिय अर्थतन्त्र लाई मजबुत बनाउनु रहेको छ ।
> सेज मा स्थापित उधोगले ८०% सम्म उत्पादन निर्यात गर्नु पर्ने हुन्छ । निर्यातजन्यउद्योग सञ्चालन गर्न देशका विभिन्न १४ ठाउँमा सेज स्थापना गर्ने सरकारी योजना छ ।सोही क्रममा सिमरामा धमाधम निर्माण कार्य
भइरहेको छ। नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा विशेष आर्थिक क्षेत्र हो ।
Comments
Post a Comment